Kathmandu Press

जहाँ लकडाउन अन्त्य भएको खुशियालीमा रात्रिभोज गरियो

लकडाउन अन्त्य भएको खुशियालीमा चेक गणतन्त्रको राजधानी प्रागमा १६ सय फुटको टेबल बनाएर सार्वजनिक रात्रिभोज गरिएको छ।

सरकारले विशाल भेला खुला गरेपछि शहरका गल्लीद....

जहाँ लकडाउन अन्त्य भएको खुशियालीमा रात्रिभोज गरियो
Hardik ivfHardik ivf

लकडाउन अन्त्य भएको खुशियालीमा चेक गणतन्त्रको राजधानी प्रागमा १६ सय फुटको टेबल बनाएर सार्वजनिक रात्रिभोज गरिएको छ।

सरकारले विशाल भेला खुला गरेपछि शहरका गल्लीदेखि प्रख्यात चार्ल्स ब्रिजसम्म स्थानीय भेला भएका थिए। कोरोना भाइरसको महाव्याधि सुरू भएपछि चेक गणतन्त्रले बन्दाबन्दी गरेको थियो। नागरिकलाई मास्क लगाउन अनुरोध गर्ने पहिलो देशमध्ये चेक गणतन्त्र पनि एक हो। योसँगै देशले महाव्याधिको गम्भीर प्रभाव हुन दिएन र अन्य थुप्रै देशभन्दा बन्दाबन्दी खुकुलो पनि बनायो।

फलस्वरूप स्थानीयले देशले गरेको प्रगतिमा सामाजिक दूरी हटाएर घरबाहिर भोज गरे। 

तर विश्व स्वास्थ्य संगठनले महाव्याधि अन्त्य नभएको चेतावनी दिएको छ। चेक गणतन्त्र सरकारले अझै थुप्रै विदेशीलाई आफ्नो सीमा प्रवेशमा रोक लगाएको छ। यो नियमले पनि भोज सम्भव भएको हो।

“हामी कोरोना भाइरस संकट अन्त्य भएकोले खुशी मनाउन चाहन्छौं। एकअर्कालाई भेट्न कुनै डर छैन भन्ने देखाउन चाहन्छौं,” कार्यक्रम आयोजना गर्ने प्राग क्याफेका मालिक ओन्द्रेज कोब्जाले भने।

“सबैले केही योगदान दिनुपर्ने गरी कार्यक्रम बनाइयो। कसैले खाना ल्याए। कसैले फूल ल्याए। सबै संलग्न हुन् भन्ने ध्येय थियो,” कोब्जाले भने।

सेतो कपडाले छोपिएको टेबलमा फूल सजाइएको थियो। साँझ घाम डुबेको हेर्दै स्थानीयले खानपिन गरे।

चेक गणतन्त्रको जनसंख्या करिब एक करोड छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार देशमा करिब १२ हजार कोरोना भाइरस संक्रमित हुनुका साथै तीन सय ४९ जनाको मृत्यु भएको छ। छिमेकी युरोपेली मुलुकभन्दा चेक गणतन्त्रमा तुलनात्मक रूपले थोरै प्रभाव परेको छ।

बन्दाबन्दी लागु गरेको महिनौंपछि युरोपेली संघले मंगलबार केही नियम कार्यान्वयन गरेको छ। अब १४ देशका यात्रुले युरोपेली संघका देश प्रवेश गर्न पाउने भएका छन्। तर त्यसमा अमेरिका परेको छैन।

युरोपेली संघले तय गरेको सुरक्षित मापदण्डभित्र अमेरिकाको अवस्था समावेश गरिएको छैन।
सिएनएन

प्रकाशित मिति: ०६:३७ बजे, शुक्रबार, असार १९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्