Kathmandu Press

मास्क लगाउनु आपसी सम्मानको संकेत हो

कोभिड १९ महाव्याधिको यथार्थसँग संघर्ष जारी छ। तर जतिपटक घरबाट बाहिर निस्कन्छु मास्क नलगाएका व्यक्ति देख्दा निराश र दु:खी हुन्छु।

अमेरिकामा महाव्याधि फैलिएको ....

मास्क लगाउनु आपसी सम्मानको संकेत हो
Hardik ivfHardik ivf

कोभिड १९ महाव्याधिको यथार्थसँग संघर्ष जारी छ। तर जतिपटक घरबाट बाहिर निस्कन्छु मास्क नलगाएका व्यक्ति देख्दा निराश र दु:खी हुन्छु।

अमेरिकामा महाव्याधि फैलिएको पाँच महिना बित्यो। तीन सातासम्म पुग्ने रासन थुप्रै पटक सकियो। छेवैको बजार जान वा हावा खान निस्कँदा मास्क र पञ्जा लगाउँछु। तर धेरैले नलगाएको देख्दा छक्क पर्छु।

सार्वजनिक स्वास्थ्यको चिकित्सक भएकोले हामी घरभित्र बस्दा दिक्क हुनुसँग सार्स कोभ २ लाई कुनै फरक पर्दैन भन्ने मलाई थाहा छ। लक्षण नदेखिए पनि सङ्क्रमण तीव्र रूपमा फैलिरहेको छ। कोरोनाभाइरस एकदेखि अर्को व्यक्तिमा सर्ने दाउ पर्खेर बसेको छ। त्यसैले म सङ्क्रमित हुने सम्भावना मेरो गतिविधिमा मात्रै सीमित  छैन।

मेरो वरपर हुनेको व्यवहारले पनि उत्तिकै प्रभाव पार्दछ। त्यही भएर मास्क नलगाइ निष्फिक्री देखिनेहरूको व्यवहारबाट म निराश र दु:खी छु। मलाई थाहा छ यसरी नै महाव्याधिले रोग र मृत्यु बढाइरहने छ।

यो खराब व्यवहार देखिएसम्म लकडाउनलाई निरन्तरता दिनुपर्छ भन्ने मेरो चाहना हुनसक्छ। तर सधैंभरि घरभित्र बस्न सकिँदैन भन्ने पनि मलाई थाहा छ। काममा फर्किनुपर्छ। विद्यालय जानुपर्छ। रमाइलो पनि गर्नुपर्छ। मलाई पनि यो गर्मीमा समुद्रतटमा बसेर साथीभाइसँग रमाइलो गर्ने मन छ। टाढा बसेका परिवारलाई भेट्ने मन छ। मास्क नलगाउने प्रवृत्तिले यो रहन पूरा गर्न म हिच्किचाइरहेको छु।

मास्क लगाउनु अरूको सुरक्षा गर्नु हो। अरूले मास्क लगाउनु तपाईंको सुरक्षा हो। मास्क लगाउनु अरूको सम्मानको वास्तविक संकेत हो। धेरैले दाबी गरेजस्तो यो कसैको स्वतन्त्रताको हनन होइन। मास्क लगाउनु घरबाहिर निस्कने संकेत हो। सुपरमार्केटमा सपिङ गर्न सकिन्छ। शान्तिपूर्ण विरोध प्रदर्शनमा सहभागी हुन सकिन्छ। एकले अर्कोको सम्मान गरेको सूचक हो।

ब्ल्याक लाइभ्स म्याटर आन्दोलनलाई पूर्ण समर्थन गर्दै भौतिक दूरी कायम गर्न नसकिने अवस्थामा म सबैलाई मास्क लगाउन अनुरोध गर्दछु। अमेरिकाको हृदयविदारक रंगभेद यो महाव्याधिमा चरमचुलीमा पुगेको छ। सबै उमेर, जाति, यौनिक अभिमुखिकरण र लैङ्गिकतामा व्यक्ति ब्ल्याक लाइभ्स म्याटरको समर्थनमा एकजुट भएका छन्। शान्तिपूर्ण विरोध प्रदर्शनले निम्त्याएको एकताका लागि यो मुद्दा सही छ। यसक लागि महाव्याधि घट्ने समयसम्म पर्खिन सकिँदैन। 

तर भौतिक दूरीको अभाव र मास्क नलगाउने व्यक्तिको संख्या देख्दा दु:ख नलाग्ने कुनै कारण छैन। किनभने यसले कोभिड १९ अझै फैलिन्छ भन्ने मलाई थाहा छ। यो अभूतपूर्व एकताबाट एक भएकाहरू नै कोभिड १९ को मारमा पर्छन्। जसरी महाव्याधिले अश्वेत, ल्याटिनो र नेटिभ अमेरिकी असमान रूपले प्रभावित भइरहेका छन्। यसका धेरै कारण छन्। तर अमेरिकामा व्याप्त प्रणालीगत रंगभेद प्रमुख कारण हो।

हामीले अमेरिकामा सही काम गरिरहेका छैनौं। विश्व जनसंख्याको पाँच प्रतिशतभन्दा थोरै अमेरिकामा छन्। तर कोभिड १९ ले विश्वभरि ज्यान गुमाउनेहरू एक चौथाइ अमेरिकी नै छन्। यसलाई कम गर्न हामी सबैले आफ्नो भागको काम गर्नुपर्छ। मास्क लगाउने, भौतिक दूरी कायम राख्ने र हात धुने  धेरै ठूलो कुरा पनि होइन।

समाजलाई फेरि एक पटक खोल्ने हो भने यस्तो गर्नुको विकल्प छैन। हामीलाई बाहिर निस्कन मन लाग्दैमा भाइरस हराएको भन्ने छैन। त्यसैले घरबाहिर निस्किएर अरू पनि भएको साझा स्थलमा प्रवेश गर्दा कृपया अरूको ज्यान जोगाउन पनि मास्क लगाउनुहोस्। आशा गरौं, अरूले पनि त्यसै गर्लान्।
फोर्ब्स

प्रकाशित मिति: ०७:०५ बजे, शनिबार, असार १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्