Kathmandu Press

कांग्रेसले पुस १२ गतेका लागि केन्द्रीय समिति बैठक बोलायाे

कांग्रेसले पुस १२ गतेका लागि केन्द्रीय समिति बैठक बोलायाे

काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाएको छ।

केन्द्रीय कार्यसम्पादन समितिको आज (शुक्रबार) बसेको बैठकले आसन्न राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार चयन तथा महासमिति बैठकका एजेन्डाबारे छलफल गर्न पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि पुस १६ गतेदेखि १९ गतेसम्म गर्ने भनिएको महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने गरी सार्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: १४:५७ बजे, शुक्रबार, मंसिर २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्