Kathmandu Press

तस्बिरमा काठमाडौं महानगर दिवस

राजधानीको सैनिक मञ्चमा आज आयोजित विशेष समारोहमा  महानगरपालिकाले समाजसेवी, कलाकार, खेलाडी, इन्जिनियर, साहित्यकारलगायतलाई पुरस्कृत तथा सम्मान गरेको हो।
तस्बिरमा काठमाडौं महानगर दिवस

काठमाडौं, मंसिर २९ : काठमाडौं महानगरपालिकाले २९औं महानगर दिवस मनाएकाे छ। दिवसका अवसरमा आज (शुक्रबार) सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम आयोजना गरियाे। २०५२ मा तत्कालीन काठमाडौं नगरपालिकालाई मुलुककै पहिलो महानगर घोषणा गरिएको थियो।

हरेक वर्ष मंसिर २९ गते महानगरले महानगरले कार्यक्रमको आयोजना गर्दै आएको छ। महानगरमा भएको दमकल, गाडी, सरसफाइ गर्ने मेसिनपनि प्रदर्शन गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए। यस्तै सांसद, मेयर, प्रहरी, खेलाडीहरू पनि समारोहमा उपस्थित थिए। 

Photo-(11)-1702627622.jpg

 

उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान

साे अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गरेको छ। राजधानीको सैनिक मञ्चमा आज आयोजित विशेष समारोहमा  महानगरपालिकाले समाजसेवी, कलाकार, खेलाडी, इन्जिनियर, साहित्यकारलगायतलाई पुरस्कृत तथा सम्मान गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ले वरिष्ठ नेत्र विशेषज्ञ प्राध्यापक सन्दुक रुइत, अभिनेत्री मनिषा कोइराला, साहित्यकार दुर्गालाल श्रेष्ठ, ओलम्पियन वैकुण्ठ मानन्धर, स्टक्चरल इन्जिनियर मनोहरलाल राजभण्डारीलाई सम्मान गरे। 

Photo-(12)-1702627541.jpg

यसैगरी नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक मीरा चौधरी, पूर्वकप्तान फुटबलर बालगोपाल महर्जन, नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान पारस खड्का, कराते खेलाडी एरिका गुरुङ, महिला बास्केटको क्याप्टेन सविना श्रेष्ठ र कराते प्रशिक्षक केदारेश्वरमान स्थापितलाई उहाँले पुरस्कृत गर्नुभयो।  पुरस्कृत व्यक्तित्वलाई जनही रु एक लाख ५० हजार प्रदान गरिएको थियो। 

महानगरप्रमुख बालेन शाहले तीनकुनेको जग्गा मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या र फोहर व्यवस्थापनको दीर्घकालीन समस्या समाधान गर्न बाँकी रहेको बताए। उनले महानगरका  ३२ वटै वडाका सांस्कृतिक झाँकी र नृत्य देखाउन पाइएकामा  खुसी व्यक्त गरे। 

महानगर उपप्रमुख सुनिता डंगाेलले सार्वजनिक सम्पत्तिको प्रयोग सार्वजनिक हितका लागि मात्रै हुनुपर्छ भन्ने अवधारणाका साथ महानगरपालिका अघि बढेको बताइन्। महानगरमा न्यायिक सुशासन कायम गर्न हरेक सेवाग्रहीलाई सहज, सरल पहुँचका लागि निःशुल्क कानुनी सेवा सुरुआत गरिएको उनले जानकारी दिए।

Photo-(13)-1702627536.jpg

Photo-(14)-1702627451.jpg

Photo-(15)-1702627430.jpg

Photo-(16)-1702627379.jpg

Photo-(17)-1702627353.jpg

Photo-(18)-1702627313.jpg

Photo-(19)-1702627291.jpg

Photo-(21)-1702627222.jpg

Photo-(2)-1702627212.jpg

Photo-(22)-1702627140.jpg

Photo-(23)-1702627140.jpg

Photo-(3)-1702627075.jpg

Photo-(4)-1702627061.jpg

Photo-(6)-1702626999.jpg

Photo-(5)-1702626996.jpg

Photo-(7)-1702626924.jpg

Photo-(2)-1702627212.jpg

Photo-(8)-1702626916.jpg

Photo-(9)-1702626862.jpg

PM-Dahal-1702626845.jpg

Balen--1702626699.jpg

 

 

प्रकाशित मिति: १४:४८ बजे, शुक्रबार, मंसिर २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्