Kathmandu Press

कांग्रेस महासमिति बैठक सर्‍यो, फागुन ७ देखि १० सम्म हुने

कांग्रेस महासमिति बैठक सर्‍यो, फागुन ७ देखि १० सम्म हुने

काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ। यसअघि पुस १६ देखि १९ का लागि महासमिति बैठक आगामी फागुन ७ देखि १० सम्म गर्ने गरी सार्ने निर्णय भएको नेता विमलेन्द्र निधिले जानकारी दिए।

उनका अनुसार राष्ट्रिय सभा चुनाव नजिकिएकाले केन्द्रीय कार्यसम्पादन समितिको आज (शुक्रबार) बसेको बैठकले महासमिति बैठक सार्ने निर्णय गरेकाे हाे। राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने र उम्मेद्वारलाई दिने पत्रमा सभापति शेरबहादुर देउवाले हस्ताक्षर गर्ने निर्णय पनि बैठकले गरेको उनले जानकारी दिए।

बैठकले दल दर्तालगायत कामका लागि पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई अधिकार दिएको छ।

प्रकाशित मिति: १४:४६ बजे, शुक्रबार, मंसिर २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्