प्रस्तावित न्यायाधीशहरू सारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमानविरुद्ध परेको उजुरीमाथिको सुनुवाइ आज
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरु सारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमान विरुद्ध परेको उजुरीमाथि सुनुवाइ हुने संसद सचिवालयले जनाएको छ।
काठमाडौं, मंसिर २९ : प्रस्तावित न्यायाधी विरुद्ध परेको उजुरीमाथि छलफल गर्न आज बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरु सारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमान विरुद्ध परेको उजुरीमाथि सुनुवाइ हुने संसद सचिवालयले जनाएको छ।
सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध समितिमा हालसम्म दशवटा उजुरी दर्ता भएको सचिवालयले जानकारी दिएको छ। जसमा न्यायपरिषद्बाट प्रस्तावित ६ मध्ये सारंगा सुवेदीविरुद्ध ६ वटा, टेकप्रसाद ढुंगानाविरुद्ध तीन र अब्दुज अजीज मुसलमानविरुद्ध एउटा उजुरी दर्ता भएको छ।
प्रकाशित मिति: १०:५८ बजे, शुक्रबार, मंसिर २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार