Kathmandu Press

काठमाडौं महानगरपालिकाले २९ औँ स्थापना दिवस मनाउँदै

दिवसको अवसरमा महानगरपालिकाका मेयर बालेन्द्र शाहले शुभकामना व्यक्त गर्दै महानगरपालिकालाई यहाँसम्म पुर्‍याउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् । 
काठमाडौं महानगरपालिकाले २९ औँ स्थापना दिवस मनाउँदै

काठमाडौं, मंसिर २९ : संघीय राजधानी समेत काठमाडौं महानगरपालिका स्थापनाको २९ वर्ष बितेको छ । महानगरपालिकाले विभिन्न कार्यक्रम गरी शुक्रबार आफ्नो २९ औँ स्थापना दिवस मनाउँदैछ । 

महानगरपालिकाले विहान ९ बजे सैनिक मन्च टुँडिखेलमा गर्ने विशेष सभालाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिवसको अवसरमा महानगरपालिकाका मेयर बालेन्द्र शाहले शुभकामना व्यक्त गर्दै महानगरपालिकालाई यहाँसम्म पुर्‍याउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् । 

‘काठमाडौँको विकास, सेवा तथा समृद्धि हासिल गर्न साथ, सहयोग र समन्वय गर्नुहुने तथा हौसला प्रदान गर्नुहुने सङ्घ, प्रदेश तथा स्थानीय सरकार, विकास साझेदार, सङ्घसंस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय समुदाय, आर्थिक, सामाजिक, वित्तीय तथा निजी क्षेत्र, नागरिक समाज, अभियन्ता, महानगरवासी सबैमा हार्दिक आभार प्रकट गर्दछौँ,’ मेयर शाहले भनेका छन् ।

तत्कालिन श्री ५ को सरकारले २०५२ साल मंसिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिकाकोरुपमा घोषणा गरेको थियो । महानगरले आफ्नो स्थापनाको त्यही दिनलाई आधार मानेर हरेक वर्ष मंसिर २९ मा महानगर दिवस मनाउँदै आएको छ ।  
 

प्रकाशित मिति: ०८:०४ बजे, शुक्रबार, मंसिर २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्