Kathmandu Press

‘नेपालमा नै सम्भावनाको खोजी गर्नुपर्छ’

बिहीबार काठमाडौंमा ज्ञानबजारको शुभारम्भ कार्यक्रममा नेता सिंहले नेपालमा सम्भावना नै छैन भन्नुभन्दा पनि सम्भावना र अवसरको खोजि गर्नुपर्ने बताएका हुन्।
‘नेपालमा नै सम्भावनाको खोजी गर्नुपर्छ’

काठमाडाैं, मंसिर २८ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालमा नै सम्भावनाको खोजी गर्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा ज्ञानबजारको शुभारम्भ कार्यक्रममा नेता सिंहले नेपालमा सम्भावना नै छैन भन्नुभन्दा पनि सम्भावना र अवसरको खोजि गर्नुपर्ने बताएका हुन्।

उनले नकारात्मक कुराहरुलाई भन्दा पनि सकारात्मक कुराहरुलाई लिएर अघि बढ्नुपर्नेमा जोड दिए। नेता सिंहले देशलाई योगदान दिने कामहरुको प्रचार भन्दा पनि नकारात्मक कुराको प्रचार हुँदा निराशा छाएको धारणा राखे।

देशमा केही गर्न सकिदैन भन्ने भाष्यलाई इच्छा र कामबाट गलत सावित गर्नुपर्ने जिकिर गर्नुभयो। युवाहरुले गर्ने रचनात्मक कामहरुलाई सबै मिलेर हौसला दिनुपर्ने उनले बताए।

त्यस्तै रास्वपाका सांसद स्वर्णीम वाग्लेले बौद्धिक चोरी अपराध भए पनि नेपालमा यसलाई बुझ्न नसकेको बताउनुभयो। हात हातमा ज्ञानको भण्डार भएपनि यसको सहि प्रयोग गर्नुपर्नेमा उहाले जोड दिए।

वाग्लेले त्रिभुवन विश्वविद्यालयले थेसिस पेपर कवाडीमा बेच्नेकाम उचित नभएको बताउनुभयो। त्यस्तै उहाले थेसिस तयार गर्दा किनवेच हुने काममाथि निर्मम हुनुपर्ने उल्लेख गरे।

प्रकाशित मिति: १६:४१ बजे, बिहीबार, मंसिर २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्