धनकुटामा ओलीमाथि मुक्का प्रहार
धनकुटाकाे महालक्ष्मी नगरपालिका-५ लेगुवास्थित रामबजारमा ओलीमाथि मुक्का प्रहार भएको हो।
धनकुटा, मंसिर २८ : झुलाघाट-चिवाभञ्ज्याङ अभियान अन्तर्गत मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा मुक्का प्रहार भएकाे छ।
धनकुटाकाे महालक्ष्मी नगरपालिका-५ लेगुवास्थित रामबजारमा ओलीमाथि मुक्का प्रहार भएको हो।
भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा लेगुवाकै महेश राईले मुक्का प्रहार गरेका हुन्। ओलीको स्वागतमा लाइनमा बसेकाहरुसँगै अघि बढेका राईले ओली नजिकै आइपुग्दा मुक्का प्रहार गरेकाे बताइएकाे छ।
स्थानीयसँग पैदलै भलाकुसारी गर्दै ओली अघि बढिरहेका बेला त्यस्ताे घटना भएकाे हाे।
मुक्का हान्ने राईलाई सुरक्षाकर्मी र स्वागतमा सहभागीले समातेका थिए।
प्रकाशित मिति: १६:३८ बजे, बिहीबार, मंसिर २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1783670058.png)
