Kathmandu Press

किराँतीसहित ५ जनालाई अदालतको पाँच दिन थुना म्याद

किराँतीसहित ५ जनालाई अदालतको पाँच दिन थुना म्याद

विराटनगर, मंसिर २८ : नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रालाई अवरोध गर्न खोजेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री गोपाल किराँतीसहित ५ जनालाई अदालतले पाँच दिनको थुना म्याद थप गरेको छ। 

उनीहरुलाई अभद्र व्यवहारको आरोपमा खोटाङ जिल्ला अदालतबाट पाँच दिनको थुना म्याद थप गरिएको हो।

म्याद थप गरिएकाहरुमा पूर्व मन्त्री किराँतीसहित, उदिम राई, राजेश राई, गन्धमान राई र विजय राई रहेका छन्। उनीहरुलाई गत मंसिर २६ गते खोटाङको हलेंसीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। 
 

प्रकाशित मिति: १६:२८ बजे, बिहीबार, मंसिर २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्