Kathmandu Press

सिंहदरबारमा सरकारका कामहरूको चौमासिक समीक्षा सुरु 

सिंहदरबारमा सरकारका कामहरूको चौमासिक समीक्षा सुरु 

काठमाडौं, मंसिर २८ : सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारका कामहरूको चौमासिक समीक्षा सुरु भएको छ। 

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको अवस्थाबारे समीक्षा भइरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्री र सचिवहरूलाई बोलाएर समीक्षा छलफल थालेका हुन्।

छलफलमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ। चालू आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनामा सरकारले गरेका कामहरूको समीक्षा चलिरहेको जनाइएको छ।

मन्त्रीहरूले मन्त्रालयगत रुपमा यसअघि पेश गरेको कार्य योजना अनुसार काम भए नभएको बिषयमा पनि छलफल हुनेछ। 
 

प्रकाशित मिति: १४:५३ बजे, बिहीबार, मंसिर २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्