Kathmandu Press

एमाले संकल्प यात्रामा कालो झन्डा देखाउने पहिचानवादी पक्राउ 

एमाले संकल्प यात्रामा कालो झन्डा देखाउने पहिचानवादी पक्राउ 

काठमाडौं, मंसिर २८ ः संकल्प यात्राका क्रममा भोजपुर पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पहिचानवादी पक्षधरले कालो झन्डा देखाएका छन्। भोजपुर बजारबाट धनकुुटा जाने क्रममा पहिचानवादीले कालो झन्डा देखाएका हुन्। 

पहिचानवादीले भोजपुरस्थित एमाले पार्टी कार्यालय नजिकै विरोध प्रदर्शन गर्दै कालो झन्डा देखाएका थिए। कालो झण्डा देखाएपछि धरपकड समेत भएको छ।

प्रहरीका अनुसार कालो झण्डा देखाउनेक्रममा पक्राउ पर्नेमा जसपा भोजपुरका जिल्ला उपाध्यक्ष मञ्जु राई, जिल्ला सदस्य धीरज राई, दिनेश राई, मणि राई, विद्यार्थी नेता धीरेन खिम्बू, तयाबङु राई र विकास राई छन्।

यस्तै संकल्प यात्रा विथोल्न धनकुटामा बन्द गराउँदै हिँडेको आरोपमा नौजनालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा किराँत राई यायोख्खाका धनकुटाका अध्यक्ष उद्धवमणि राई, किराँत याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष कमलसिंह तिगेला, उमा चाम्लिङ, जितेन्द्र माम्पाङ, करवील कुलुङ, जुद्ध राई, शोकुल राई र पनित कुलुङ छन्।

एमाले अध्यक्ष ओली अहिले धनकुटाको कार्यक्रम सकाएर तेह्रथुमको वसन्तपुरमा आयोजित सभामा सहभागी हुन त्यसतर्फ जाँदै छन्। 

प्रकाशित मिति: १३:५९ बजे, बिहीबार, मंसिर २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्