१४ किलो सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ
सुन प्रकरणमा छानबिन गर्न विमानस्थल भन्सार कार्यालयका उप–सचिव मणिराम पौडेलको नेतृत्वको छानबिन समिति गठन भएको थियो।
काठमाडौं, मंसिर २७ : १४ किलो सुन प्रकरणमा गठित छानविन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाइ सुपरभाइजरलाई नियन्त्रणमा लिएको छ।
सुन प्रकरणमा छानबिन गर्न विमानस्थल भन्सार कार्यालयका उप–सचिव मणिराम पौडेलको नेतृत्वको छानबिन समिति गठन भएको थियो। गत मङ्सिर २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट विमानस्थल भन्सार कार्यालयको टोलीले १४ किलो सुनसहित गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेलाई पक्राउ गरेको थियो। घलेले दुबईबाट सुन ल्याएका थिए।
घलेको बयानका आधारमा सुन तस्करीमा संलग्न गोरखा घर भएका मीनबहादुर घले समेत पक्राउ परेका थिए। छानबिनका क्रममा दुबईबाट ल्याएको सुन आगमन कक्षको डस्टबिनमा फालेर बाहिर ल्याउने गरी सुन कारोबारीहरूले योजना बनाएको तथ्य खुलेपछि सरसफाइ सुपरभाइजर पक्राउ परेका हुन्। पक्राउ व्यक्तिको नाम भने सुशीला पाण्डे रहेकाे जनाइएकाे छ। उनको सुन बाहिर ल्याउन ‘सेटिङ’ मा संलग्नता देखिएको छ।



-(1)-1752494016.png)




-(1)-1752494016.png)
![गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1783675901.jpg)

