Kathmandu Press

सानेपामा कांग्रेसको प्रशिक्षण जारी 

सानेपामा कांग्रेसको प्रशिक्षण जारी 

काठमाडौं, मंसिर २८ : नेपाली कांग्रेसले पार्टीको नीति, विचार र सिद्धान्तका बारेमा तल्लो तहसम्म प्रशिक्षण गर्न ‘नेपाली राजनीतिको आयाम र कांग्रेसको नेतृत्व’ विषयक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। 

पार्टीको केन्द्रीय नीति अनुसन्धान र प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा हरेक प्रदेशसभा क्षेत्रमा कम्तिमा एक जना प्रशिक्षक उत्पादन गर्न प्रशिक्षक प्रशिक्षण कार्यक्रम थालेको हो।  बिहीबार बागमती प्रदेशकालागि ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा प्रशिक्षण चलिरहेको छ। 

बुधबारदेखि सुरु भएको प्रशिक्षण शुक्रबार सम्पन्न हुनेछ। प्रशिक्षण कार्यक्रममा पार्टीका महामन्त्री गगनकुमार थापा, केन्द्रीय नीति अनुसन्धान र प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेश आचार्य र ज्ञान व्यवस्थापन विज्ञ डा. कृष्णप्रसाद पौडेलले कांग्रेसको स्थापना कालदेखि हालसम्मको नीति, मार्गदर्शक सिद्धान्त र विचार तथा घोषणापत्र र अबको मार्गदिशाका बारेमा प्रशिक्षण गरिरहेका छन्।

बामगती प्रदेशपछि क्रमश सातै प्रदेशमा यस्तै प्रकृतिको प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्न लागिएको कांग्रेसले जनाएको छ। कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका ६६ प्रदेशसभा निर्वाचन क्षेत्रबाट १र१ जना प्रतिनिधि नेताहरु सहभागी छन्।
 

प्रकाशित मिति: १२:१० बजे, बिहीबार, मंसिर २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्