पूर्वगृहमन्त्री खाणको मुद्दाको सुनुवाइ न्यायाधीश कोइरालाको इजलासमा

काठमाडौं, मंसिर २८ : नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थुनामा राख्ने कि छाड्ने भन्ने विषयमा आज सुनुवाइ हुँदैछ। उच्च अदालत पाटनमा न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उक्त सुनुवाइ हुनेछ।
यसअघि अरुका हकमा राय मिलेको भए पनि खाँणको हकमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएकाले तेस्रो न्यायाधीशकोमा सुनुवाइ हुन लागेको हो। न्यायाशीश पाण्डेयले खाणलाई ३० लाख धरोटीमा छोड्नु पर्ने राय दिएका थिए भने न्यायाधीश खरेलले थुनामै राख्नु पर्ने राय दिएका थिए।
आज सुनुवाइ गर्ने न्यायाधीशले यसअघिका दुईमध्ये जुन न्यायाधीशको राय समर्थन गर्छन्, त्यही आदेश कार्यान्वयन हुनेछ। तर यी न्यायाधीशले अघिका दुई बाहेक तेस्रो राय दिए निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतको एकल इजलासमा पुग्नेछ।
प्रकाशित मिति: ११:५९ बजे, बिहीबार, मंसिर २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(1)-1752494016.png)




-(1)-1752494016.png)
![गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1783675901.jpg)

