Kathmandu Press

संसद्को प्रभावकारिता कर्मचारीको क्षमता र सक्रियतामा निहीत छ : सभामुख घिमिरे

संघीय संसद सेवा दिवसको सन्दर्भमा बिहीबार शुभकामना वक्तव्य जारी गर्दै सभामुख घिमिरेले सरकारका कामको निगरानी गर्ने संसद्को जिम्मेवारीमा संसद्का कर्मचारीहरुको अर्थपूर्ण भूमिका हुनुपर्ने बताए।
संसद्को प्रभावकारिता कर्मचारीको क्षमता र सक्रियतामा निहीत छ : सभामुख घिमिरे

काठमाडौं, मंसिर २८ : सभामुख देवराज घिमिरले संसदको प्रभावकारिता धेरै हदसम्म कर्मचारीहरूको क्षमता र सक्रियतामा निहीत रहेको बताएका छन्।

उनले संघीय संसद्का कर्मचारीहरुको उच्च मनोबल, निष्पक्ष र प्रभावकारी कार्यसम्पादन तथा लगनशीलता वृद्धि गर्न आवश्यक रहेको बताए।

संघीय संसद सेवा दिवसको सन्दर्भमा बिहीबार शुभकामना वक्तव्य जारी गर्दै सभामुख घिमिरेले सरकारका कामको निगरानी गर्ने संसद्को जिम्मेवारीमा संसद्का कर्मचारीहरुको अर्थपूर्ण भूमिका हुनुपर्ने बताए।

‘निजामती सेवा ऐनबाट निकालेर छुट्टै ऐनद्वारा सञ्चालित संसद सेवा विशिष्ट,स्वायत्त र व्यावसायिक सेवा हो,’ सभामुख घिमिरेले भनेका छन्, ‘संसद सेवाको स्वायत्तताबारे खासगरी कर्मचारी वृत्तमा नै बहसहरू हुने गरेकोबारे म जानकार नै छु । अलग्गै सेवा सोचविचार गरेर नै गठन गरेको भन्ने स्मरण गराउन चाहन्छु।’

उनले सरकारको निगरानीको कामलाई प्रभावकारी कार्यसम्पादन गर्न संसदीय क्षमता र सामर्थ्य विकास गर्न संसद् सेवालाई अलग गरिएको स्मरण गराएका छन्।

२०५८ सालमा स्वायत्त संसद सेवा गठन भएको स्मरणमा प्रत्येक वर्ष मंसिर २८ गते संसद सेवा दिवस मनाउने गरिएको छ।

प्रकाशित मिति: १०:५३ बजे, बिहीबार, मंसिर २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्