राष्ट्रियसभा निर्वाचनमा मापदण्डकाे ख्याल गर्दै न्यायपूर्ण तवरले टिकट वितरण गर्नुपर्ने शेखर-गगन समूहकाे जोड

काठमाडाैं, मंसिर २७ : नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी राष्ट्रियसभा निर्वाचनमा मापदण्डलाई बिशेष ख्याल गर्दै न्यायापूर्ण तवरले टिकट बितरण गर्नुपर्नेमा जोड दिएको छ।
बुधबार काठमाडौंमा बसेको कोइराला समूहको भेलाले यसअघि पार्टी सभापतिले आफ्नो समूहको संरक्षकको काममात्रै रहेको र आफु अनुकुललाई मात्रै टिकट दिएको भन्दै यसपटक भने मापदण्डलाई बिशेष ख्याल गर्दै न्यायापूर्ण तवरले टिकट बितरण गर्नुपर्नेमा जोड दिएको हो।
यसअघिको निर्वाचनमा मापदण्डलाई बेवास्ता गरिएको र भेदभाव भएको भन्दै आगामी राष्ट्रियसभा निर्वाचनमा मापदण्ड र न्यायोचित टिकट बितरणका लागि दवाव दिने निर्णय समेत सो समूहको भेलाले गरेको छ। भेलामा राष्ट्रियसभा निर्वाचन लगाएत पार्टीको आन्तरिक बिषयमा छलफल भएको कांग्रेस नेता शेखर कोइरालाले बताए।
उनले देश र कांग्रेस ठिक ढंगले चल्न नसकेकोमा आफुहरुको ध्यान केन्द्रीत रहेको जिकिर गरे। कोइरालाले आफ्नो समूह ठीक ढंगले चलेको र महामन्त्री र आफ्नो एजेण्डामा एक इन्च पनि फरक नरहेको दाबी गरे।
त्यस्तै कांग्रे महामन्त्री गगन कुमार थापाले राष्ट्रियसभा निर्वाचनमा मापदण्डलाई बिशेष ख्याल गर्दै न्यायापूर्ण तवरले टिकट बितरण गर्नुपर्नेमा आफुहरुको जोड रहेको बताए। बैठकमा महासमिति बैठकलाई तोकिएको समयमा नै प्रभावकारी रुपमा गर्नुपर्ने बिषयमा पनि छलफल भएको उहाले बताए। महामन्त्री थापाले कांग्रेस सरकारमा भएका बेला एकमाथि अर्को प्रकरण आउनुलाई सामान्य रुपमा लिन नहुने भन्दै पार्टीभित्र बृहत छलफल गर्नुपर्ने धारणा राखे।
थापाले कोइराला र आफुबीच एजेण्डागत रुपमा कुनै समस्या नभएको पनि स्पष्ट पारे।










-(1)-1752494016.png)
![गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1783675901.jpg)