Kathmandu Press

काठमाडौं महानगरभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रुपमा रोक

काठमाडौं महानगरभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रुपमा रोक

काठमाडौं, मंसिर २७ :  काठमाडौं महानगरपालिकाले महानगरभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रुपमा रोक लगाएको छ।

महानगरले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर २८ गते बिहीबारबाट सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्णरुपमा प्रतिवन्ध लगाएको जनाएको हो। काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ४२ र सूर्तिजन्य पदार्थ (निरुपण र नियमन) ऐन २०६८ को दफा ११ अनुसार सूर्तिजन्य पदार्थको नियन्त्रण गर्न खोजिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

सूर्तिजन्य पदार्थकोे नियन्त्रणका लागि पसलमा नियमित अनुगमन गर्ने र सुर्तिजन्य पदार्थ बिक्री गरेको पाइएमा दुई पटकसम्म जफत गरिने र तेस्रो पटकमा पसल बन्द गरिने महानगरले जनाएको छ। त्यस्तै सार्वजनिक स्थलबाट धुम्रपान गरे त्यहाँ निकालिने र एक सय रुपैयाँसम्म जरिवाना तोकेको प्रवक्ता मानन्धरले बताए।

त्यस्तै सूर्तिजन्य पदार्थकोे नियन्त्रणका लागि बिभिन्न चार क्षेत्रमा १० जनाका दरले नगरप्रहरी परिचालन गर्ने र अनुगमनको लागि गरी पहिलो चरणमा ५० जना नगर प्रहरी परिचालन हुने र सादा पोसाकमा समेत नगर प्रहरीले अनुगमन गर्ने महानगरले जनाएको छ। 

प्रकाशित मिति: १७:४५ बजे, बुधबार, मंसिर २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्