संघीयता कार्यान्वयनमा दबाब बढाउन पुस १३ गते हेटौंडामा मुख्यमन्त्रीहरूकाे भेला

पोखरा, मंसिर २७ : आगामी पुस १३ गते वाग्मती प्रदेशको राजधानी हेटौंडामा मुख्यमन्त्रीहरूको बैठक हुने भएको छ। संघीयता कार्यान्वयनका सन्दर्भमा संघ सरकारसँग छिनोफानो गर्न भन्दै बैठक बस्न लागेको हो।
असार १५ र १६ गते पनि पोखरामा मुख्यमन्त्रीहरु सम्मिलित राष्ट्रिय समन्वय परिषदको बैठक बसेको थियो। संघीयता कार्यान्वयनका देखिएका जटिलता फुकाउने भन्दै पोखरामा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा भएको समन्वय परिषदको बैठकले मुख्य ६ वटा निर्णय गरेको थियो ।
त्यतिबेला राष्ट्रिय समन्वय परिषदको बैठकले गरेका निर्णय कार्यान्वयन समय गुज्रिन लागेको तर संघले तदारुकता नदेखाएको भन्दै हेटौंडामा बैठक बस्न लागेको जनाइएको छ। त्यतिबेला विभिन्न समिति गठन गर्दै ६ महिनाभित्र संघीयताको गाँठो फुकाउने निर्णय बैठकले गरेको थियो। ६ महिनाको समयसीमा पुस १५ गते सकिँदैछ।










-(1)-1752494016.png)
![गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1783675901.jpg)