विकास नीति संस्कृतिमैत्री हुनुपर्छ : मन्त्री किराती
‘संस्कृतिलाई उद्योगमा जोड्ने नीति तयार गर्दैछौं,’ उनले भने।
काठमाडौं, मंसिर २८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मौलिक नेपाली संस्कृतिलाई उद्योगसँग जोड्नेगरी नीति तयार भइरहेको बताएका छन्। नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ घोषणा कार्यक्रममा उनले यो जानकारी दिएका हुन्।
संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न संघीय संस्कृति नीति बनाउनका लागि अध्ययन समिति बनाएका उनले बताए। त्यो समितिले निर्माण गरेको प्रतिवेदनको आधारमा छिट्टै ऐन र कानून पनि बनाउने मन्त्री किरातीले जानकारी दिए। ‘संस्कृतिलाई उद्योगमा जोड्ने नीति तयार गर्दैछौं,’ उनले भने।
कतिपय विकासोन्मुख राष्ट्रले संस्कृतिबाट धेरै लाभहरु लिइरहेको उल्लेख गर्दै मन्त्री किरातीले विकसित देशहरुमा संस्कृतिहरु हराउँदै गएको तर नेपालमा यसको धेरै ठूलो सम्भावना रहेको उल्लेख गरे।
‘विकास नीति संस्कृतिमैत्री हुनुपर्छ भनेर प्राथमिकतासाथ लागिरहेको छु’ उनले भने, ‘हाम्रो देशको विकास योजनामध्ये ५२ प्रतिशत विकासहरु पूरा नहुनुको कारण संस्कृति अमैत्री भएर हो।’
पर्यटकलाई खुसी पार्न, आफ्नो देशको संस्कृति प्रवर्द्धन गर्न, कलाकारिताको क्षेत्रमा व्यापक रुपले रोजगार सिर्जना गर्न र सांस्कृतिक संस्थानलाई कामकाजी बनाउने उद्देश्यले पर्यटन बोर्डबाट रकम व्यवस्था गरेर पर्यटन प्रवर्द्धनकै लागि काम भइरहेको उनले बताए।










-(1)-1752494016.png)
![गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1783675901.jpg)