Kathmandu Press

केयुका १८३८ विद्यार्थी दीक्षित [तस्बिरहरू]

प्रधानमन्त्री तथा उक्त विश्वविद्यालयका कुलपति पुष्प कमल दाहाल ‘प्रचण्ड’ले २९औँ दीक्षान्त समारोहमा ती विद्यार्थीलाई दीक्षित  भएको प्रमाणपत्र प्रदान गरे।
केयुका १८३८ विद्यार्थी दीक्षित [तस्बिरहरू]

धुलिखेल, मंसिर २७ : काठमाडौँ विश्वविद्यालयका एक हजार आठ ३८ विद्यार्थी आज दीक्षित भएका छन्। प्रधानमन्त्री तथा उक्त विश्वविद्यालयका कुलपति पुष्प कमल दाहाल ‘प्रचण्ड’ले २९औँ दीक्षान्त समारोहमा ती विद्यार्थीलाई दीक्षित  भएको प्रमाणपत्र प्रदान गरे।

PradeeprajOnta_KTM_RSS_27_6F8A1131(1)-1702461912.jpg

दीक्षित हुनेमा पीएचडी, डिएम र एमसिएचमा स्कुल अफ आर्ट्सका एक, शिक्षाका तीन, मेडिकल साइन्सेजका १२ र विज्ञान विषयका दुई जना गरी १८ जना रहेका छन्। त्यस्तै एमफिल तहका ३८, स्नातकोत्तर तहका तीन सय १४, पिजिडी तहका ५२ र स्नातक तहका एक हजार चार सय १६ जनासहित एक हजार आठ सय ३८ विद्यार्थी २९औँ दीक्षान्तको पहिलो चरणमा दीक्षित भएको काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्टसका सहप्राध्यापक एवं विश्वविद्यालयका प्रवक्ता एक्कुमाया पुनले बताए। 

PradeeprajOnta_KTM_RSS_2&6F8A1232(2)-1702461838.jpgसमारोहमा काठमाडौँं विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ इञ्जिनियरिङअन्तर्गत् माष्टर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्समा एक, स्कुल अफ मेडिकल साइन्सेजअन्तर्गत् माष्टर अफ साइन्स इन मिडवाइफेरी नर्सिङमा आठ र स्कुल अफ एजुकेसनअन्तर्गत् माष्टर इन हायर एजुकेशनमा नौ जनालाई पनि उपाधिको प्रमाणपत्र दिइएको थियो।

PradeeprajOnta_KTM_RSS_2&6F8A1232(1)-1702461826.jpg

यसैबीच विश्व विद्यलायले प्रदान गर्दै आएका पदकमध्ये पहिलो चरणको भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा सबैभन्दा बढी अंक ८४दशमलव२६ प्रतिशत ल्याउन सफल विराटनगरको विराट मेडिकल कलेजका सनम ढकाललाई प्रदान गरिएको थियो। 

PradeeprajOnta_KTM_RSS_27066A8866(1)-1702461771.jpg

त्यस्तै एमबी ए तहमा सबैभन्दा बढी तीन दशमलव८९ सिजीपीए प्राप्त गर्न सफल स्कुल अफ मेनेजमेन्टका विनायक घिमिरेलाई जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक, एमबीएमा तीन दशमलव७८ सिजीपीए प्राप्त गरी सर्वोत्कृष्ट हुन सफल स्कुल अफ मेनेजमेन्टका विद्यार्थी अङ्कित सुवेदी, एमबीबीएसतर्फ स्नातक तहमा सबैभन्दा बढी अंक ८०दशमलव २९ प्रतिशत प्राप्त गर्न सफल विराज मेडिकल कलेजका संस्कृतिश्री ढकाललाई न्हुछेरत्न तुलाधर स्वर्ण पदक र स्कुल अफ मेनेजमेन्टमा स्नातक तहमा सबैभन्दा बढी तीन दशमलव९७ सिजीपीए प्राप्त गर्न सफल सौगात बाँस्तोलालाई प्रेमराज पन्त स्वर्ण पदक प्रदान गरिएको थियो। दीक्षान्त समारोह शताब्दी पुरुष वरिष्ठ चिकित्सक डा गौरीशङ्करलाल दासको पनि सहभागिता थियो। 

PradeeprajOnta_KTM_RSS_27066A8866(3)-1702461770.jpg

PradeeprajOnta_KTM_RSS_27066A8866(2)-1702461701.jpg

Photo-(20)-1702461688.jpg

PradeeprajOnta_KTM_RSS_27_6F8A1131(2)-1702461563.jpg

PradeeprajOnta_KTM_RSS_27_6F8A1131(3)-1702461513.jpg

प्रकाशित मिति: १५:५९ बजे, बुधबार, मंसिर २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्