काठमाडौंमा २६४ बस विसौनी निर्माण गर्ने तयारी
-(3)-1702461200.jpg)
काठमाडौं, मंसिर २७ : काठमाडौं महानगरपालिकाले २६४ ठाउँमा बस विसौनी निर्माण गर्ने योजना बनाएको छ।
बस विसौनिसँगै नगरभित्र यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ् लाइट विस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा कोन र डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक संकेत र चिन्ह व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारी गरेको छ।
यससँगै दैनिक उपभोग्य बस्तुको ढुवानी, मालबाहक सवारी, विद्यालयका बसहरुको समय निर्धारण गर्ने, पार्किङ्ग व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणाली सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने महानगरको तयारी छ।
२९ औँ महानगर दिवस २०८० का अवसरमा आज महानगरपालिकामा आयोजना गरिएको महानगरपालिका र ट्राफिक प्रहरीविच समन्वय तथा सहकार्य सम्बन्धी अन्तरक्रियामा यस सम्बन्धी जानकारी दिइएको हो।
कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को पहिलो बैठक सम्पन्न भइसकेको जानकारी गराउँदै सम्बद्ध कार्यालयहरुसँग सहकार्य अगाडि बढाइएको उल्लेख गरे।
अहिले यातायात व्यवस्थापनमा सानातिना सुधारका कामबाटै सुरुवात गरी प्रणालीमा सुधार ल्याउनेमा महानगरले जोड दिएको छ।
काठमाडौंमा अटो रिक्सा,इरिक्सा र ठेला प्रयोगमा पूर्ण रोक लगाउने अधिकारीको भनाइ छ।
अन्तरक्रियामा प्रस्तुतिकरण गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक पोषराज पोखरेलले महानगरपालिकासँगको सहकार्यमा जनशक्तिमा प्रोत्साहन बढ्ने, प्रणालीमा सुधार हुने काम गर्न सकिने बताए।
बागमती, विष्णुमती, धोवीखोला र मनोहरा करिडोरलाई दुईतर्फी सञ्चालन गराई सवारी चाप कम गराउन सकिने बताउँदै पोखरेलले, यसका लागि महानगरपालिकाको भूमिका आवश्यक रहेको कार्यक्रममा बताए।
यातायात प्रणाली सुधारका विषयमा प्रस्तुतिकरण गर्दै महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले, ट्राफ्रिक संकेत चिन्हहरु मिलाउन तत्काल काम थाल्नुपर्ने उल्लेख गरे। यस्ता चिन्हरु देखिने र स्पष्ट हुनुपर्ने, चालकले बुझ्न सजिलो हुनेगरी बनाउनुपर्नेमा उनले जोड दिए।
श्रेष्ठले प्रणालीमा सुधार गर्न यस बर्ष यातायात क्षेत्रको सुधारका लागि ४४ करोड रुपैयाँ छुट््याएर काम भइरहेको जानकारी दिए।










-(1)-1752494016.png)
![गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1783675901.jpg)