Kathmandu Press

राष्ट्रियसभा सदस्यमा नयाँलाई अवसर दिनुपर्ने आवाज छ : धनराज गुरुङ 

राष्ट्रियसभा सदस्यमा नयाँलाई अवसर दिनुपर्ने आवाज छ : धनराज गुरुङ 

काठमाडौं, मंसिर २७ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अनुपम फुडल्याण्डमा भएको भेलामा राष्ट्रियसभा सदस्यमा नयाँलाई अवसर दिनुपर्ने भनाइ आएको बताएका छन्।

कांग्रेस नेता शेखर–गगन समूहको बैठकमा राष्ट्रिय सभामा नयाँलाई अवसर दिनुपर्ने कुरा आएको जानकारी समेत उपसभापति गुरुङले दिए। बैठकको बिचमा बाहिरिएका गुरुङले संचारकर्मीसँग भने, ‘राष्ट्रियसभामा पटकपटक अवसर पाएकालाई नभई नयाँलाई जिम्मेवारी दिनुपर्ने आवाज उठेको छ।’ 

राष्ट्रिय सभा सदस्यको १९ पदका लागि आगामी माघ ११ गते निर्वाचन हुँदै छ। गगन शेखर समुहले राष्ट्रिय सभामा कम्तीमा ३ जना आफूहरूले पाउनुपर्ने माग गर्दै आएको छ। कानुनमन्त्री समेत रहेका गुरुङले शेखर–गगन एक ढिक्का रहको दाबी समेत गरे। 
 

प्रकाशित मिति: १५:२८ बजे, बुधबार, मंसिर २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्