‘कानुन कार्यान्वयनमा इमान्दार प्रयत्न नहुँदा जनतामा निराशा’

काठमाडौं, मंसिर २७ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन कार्यान्वयनमा इमान्दार प्रयत्न नहुँदा जनतामा निराशा छाएको बताएका छन्।
राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले जिम्मेवार बहन गर्नेहरुले कानून कार्यान्वयनमा इमान्दार प्रयन्त नहुदा जनतामा निराशा छाएको बताएका हुन्।
चुनावमा दलहरुले घोषणापत्रमा उल्लेख गरेका कुराहरुलाई कार्यान्वयन नगर्दा पनि समस्या देखिएको उनले बताए। हिजोको त्यागका अनुसार जनताले नेताहरुलाई विश्वास नगर्ने भन्दै उनले वर्तमानमा नजितामूखी काम गर्नुपर्ने जिकिर गरे। उनले अधिकार केन्द्रीत गर्ने भावना देखिएको भन्दै यसले सन्तुलित विकास हुन नसक्ने बताए।
तिमिल्सिनाले स्थानीय र प्रदेशको बजेटको नियन्त्रण संघबाट हुदा पनि अहिले समस्या देखिएको धारणा राखे।
प्रकाशित मिति: १५:२१ बजे, बुधबार, मंसिर २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-(1)-1752494016.png)
![गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1783675901.jpg)