Kathmandu Press

अनुपम फुडल्यान्डमा शेखर–गगन पक्षीय भेला सुरु 

अनुपम फुडल्यान्डमा शेखर–गगन पक्षीय भेला सुरु 

काठमाडौं, मंसिर २७ : नेपाली कांग्रेसको संस्थापन इतर समूहका रुपमा चिनिँदै आएका शेखर कोइराला समूहको भेला सुरु भएको छ। महामन्त्री र गगन थापासहितका नेताहरु भेलामा उपस्थित छन्। 

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला शुरु भएको हो। उक्त भेलामा शेखर समूहका कांग्रेस रहेका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति, महाधिवेशनमा प्रतिस्पर्धा गरेका उम्मेदवार लगायत छन्। आसन्न महासमिति बैठक, राष्ट्रिय सभा निर्वाचन, सरकारको प्रभावकारिता, सुशासनलगायतका विषयमा छलफल गर्ने बताइएको छ। 

बिहीबार हुने छलफलका लागि नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाविच सोमबार लामो छलफल भएको थियो। कांग्रेसका नेता अर्जुननरसिंह केसीको गोंगबुस्थित घरमा उक्त छलफल भएको थियो। कांग्रेस संसदीय दलको निर्वाचन यता यी दुई नेताविच संवादहिनताको अवस्था रहेको बताईंदै आएको थियो। केसीको घरमा भएको झण्डै तीन घण्टा लामो छलफलपछि भेला तय भएको हो। 

शेखर–गगनबीचको छलफलमा नेता केसीले दुई जना मिलेर अघि बढ्न आग्रह गरेका थिए। दुई नेताविचको छलफलपछि मंगलबारका लागि बोलाइएको शेखर पक्षीय भेला बुधबारसम्मका लागि सारिएको थियो। केसीको मध्यस्थतामा थापाले अनुपम फूडल्याण्डमा दिउँसो १ बजे बस्ने वैठकमा मञ्जुर भएको जनाइएको छ। 
 

प्रकाशित मिति: १५:१४ बजे, बुधबार, मंसिर २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्