राष्ट्रपति पौडेलले गरे महासचिव गौतमको राजीनामा स्वीकृत
-1702456521.jpg)
काठमाडौं, मंसिर २७ : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका महासचिव डा. भरतराज गौतमले दिएको राजीनामा आज स्वीकृत गरेका छन्।
राष्ट्रपति कार्यालयको प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्तिमार्फत बुधबार राष्ट्रपति पौडेलले गौतमको राजीनामा स्वीकृत गरेको जानकारी गराएकी छन्।
गौतमले गत मंसिर २४ गते राष्ट्रपतिलाई राजीनामा बुझाएपनि राष्ट्रपति कार्यालयले अध्ययनका लागि भन्दै उनको राजीनामालाई स्वीकृत गरेको थिएन। तर, आज गौतमको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरेका छन्।
यता सभामुख देवराज घिमिरेले आजै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवको जिम्मेवारी तोकिसकेका छन्।
प्रकाशित मिति: १४:२० बजे, बुधबार, मंसिर २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(1)-1752494016.png)