Kathmandu Press

संघीय संसद्को कार्यवाहक महासचिवमा पाण्डेय

प्रशासनिक नेतृत्व नहुँदा संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कामहरुमा प्रभाव परेको, लोकसेवा आयोगबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले घिमिरेले पाण्डेयलाई कार्यवाहक महासचिव तोकेका हुन्।
संघीय संसद्को कार्यवाहक महासचिवमा पाण्डेय

काठमाडौं, मंसिर २७ : संघीय संसदको कार्यवाहक महासचिवको जिम्मेवारी प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई दिइएको छ।

सभामुख देवप्रसाद घिमिरेले बुधबार सचिव पाण्डेयलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएका हुन्।

प्रशासनिक नेतृत्व नहुँदा संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कामहरुमा प्रभाव परेको, लोकसेवा आयोगबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले घिमिरेले पाण्डेयलाई कार्यवाहक महासचिव तोकेका हुन्।

‘प्रतिनिधि सभा नियमावली’ २०७९ को नियम २ को खण्ड (ढ) तथा “राष्ट्रिय सभा नियमावली २०७५ को नियम २ को खण्ड (ड) बमोजिम राष्ट्रिय सभाका अध्यक्षको परामर्शमा मिति मंसिर २७ गतेबाट लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि महासचिवको सेवा सुविधा पाउने गरी संघीय संसदको महासचिवको काम गर्न तपाईंलाई तोकेको छु,’ पत्रमा भनिएको छ।

सोमवार संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेयलाई राष्ट्रपतिसमक्ष नियुक्तिका लागि सिफारिस गरिएको थियो। तर गौतमको राजीनामा स्वीकृत भइनसकेकाले पाण्डेयलाई कार्यबहाकको जिम्मेवारी दिइएको हो।

प्रकाशित मिति: ११:३२ बजे, बुधबार, मंसिर २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्