विवाह पञ्चमीमा झुम्दै जनकपुर
त्रेता युगमा भारत अयोध्याका राजकुमार भगवान श्रीरामसँगै भाइ लक्ष्मण र गुरु विश्वामित्रसँग आजकै दिन मिथिला राजधानी जनकपुरधाम आएको सम्झनामा ‘नगर दर्शन’ गराइएको हो।
धनुषा, मंसिर २७ : जनकपुरधाममा साताव्यापी रूपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सव मंगलबारबाट सुरु भएको छ। पहिलो दिन मंगलबार ‘नगर दर्शन’ गराइयो।
मंगलवारदेखि सुरु भएको विवाह पञ्चमीमा जानकी मन्दिरको प्रांगणमा दुई जना बालकलाई राम लक्ष्मण बनाएर नगर दर्शन गराइएको हो।
त्रेता युगमा भारत अयोध्याका राजकुमार भगवान श्रीरामसँगै भाइ लक्ष्मण र गुरु विश्वामित्रसँग आजकै दिन मिथिला राजधानी जनकपुरधाम आएको सम्झनामा ‘नगर दर्शन’ गराइएको हो।
दोस्रो दिन आज फूलबारी लिला मनाइँदैछ। फूलबारी लिलामा राम, लक्ष्मण र जानकी ९सीता० को स्वरुपमा सिंगारिएका बालबालिकालाई फूलबारीमा घुमाउने प्रचलन छ।
-1702444709.jpeg?timestamp=1702444722063)
(1)-1702444693.jpeg?timestamp=1702444722063)
(2)-1702444639.jpeg?timestamp=1702444722063)
(2)-1702444599.jpg?timestamp=1702444722063)
-1702444607.jpeg?timestamp=1702444722063)
-1702444648.jpeg?timestamp=1702444722063)
(1)-1702444665.jpeg?timestamp=1702444722063)
-1702444620.jpeg?timestamp=1702444722063)
प्रकाशित मिति: ११:०८ बजे, बुधबार, मंसिर २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(1)-1752494016.png)