Kathmandu Press

तराईमा हुस्सु, पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना

विभागका अनुसार आज दिउँसो मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
तराईमा हुस्सु, पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना

काठमाडौं, मंसिर २७ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।

विभागका अनुसार आज दिउँसो मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । देशभरको तापक्रम घट्ने क्रममा रहेकाले यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु महाशाखाले सबैमा अनुरोध गरेको छ ।
 
प्रकाशित मिति: ०८:१५ बजे, बुधबार, मंसिर २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्