‘सूचना प्रविधि क्षेत्र सरकारको प्राथमिकतामा छ’
मंगलबार काठमाडौंमा आयोजित प्रविधिको पूर्वाधार विकासका लागि नेपाल–भारत सहकार्य सम्बन्धी एक कार्यक्रममा उनले सरकारले सूचना प्रविधिको क्षेत्रलाई महत्वका साथ हेरेको बताइन्।(5)-1702387367.jpg)
काठमाडौं, मंसिर २६ : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएको जिकिर गरेकी छन्।
मंगलबार काठमाडौंमा आयोजित प्रविधिको पूर्वाधार विकासका लागि नेपाल–भारत सहकार्य सम्बन्धी एक कार्यक्रममा उनले सरकारले सूचना प्रविधिको क्षेत्रलाई महत्वका साथ हेरेको बताइन्।
‘सूचना र प्रविधिको क्षेत्रलाई नेपाल सरकारले महत्वका साथ हेरेको छ । सार्वजनिक सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई आत्मसात गर्दै आएको छ,’ उनले भनिन्, ‘परिणामस्वरुप सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोगमा विकास भएको छ।’
दिगो विकास लक्ष्य प्राप्तिका लागि डिजिटल प्रविधिको विकासलाई प्राथमिकतामा राख्नु आवश्यक रहेको भन्दै उनले सरकारले नीति तथा कार्यक्रममै प्रविधि क्षेत्रको विकासमा जोड दिएको बताइन्।
‘दिगो विकासको लक्ष्य २०३० को सफल कार्यान्वयनका लागि डिजिटल सार्वजनिक पूर्वाधारलाई प्राथमिकतामा राख्नुपर्ने छ । चालु आर्थिक वर्षको नीति तथा कार्याक्रम र बजेटले पनि यसलाई सम्बोधन गरेको छ,’ उनले भनिन् ‘डिजिटल सार्वजनिक पूर्वाधारलाई सुरक्षित र अन्तरक्रियात्मक बनाउदै समग्र प्रणालीप्रतिको विश्वास वृद्धि गरि सुशासन र विकासमा टेवा पु¥याउने सरकारको लक्ष्य छ । डिजिटल प्रविधिलाई बढावा दिन सरकारले विभिन्न कार्यक्रम अगाडि सारेको छ।’
डिजिटल फ्रेमवर्कमार्फत शिक्षा, स्वास्थ्य, कृषि पर्यटन लगायतका क्षेत्रलाई डिजिटल बनाउदै आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्ने लक्ष्य रहेको उनले सुनाइन्। डिजिटल पूर्वाधार निर्माण र सुरक्षित प्रयोगका लागि नीतिगत र कानूनी संरचना निर्माणका लागि सरकार गम्भीर भएर लागेको उनले बताइन्।











-(1)-1752494016.png)