कोशी प्रदेशका मुख्यमन्त्री सवार गाडीमा आक्रमण
दमक नगरपालिका–५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगा प्रहार भएको प्रहरीले जनाएको छ।
काठमाडौं, मंसिर २६ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण गरिएको छ।
झापामा आयोजित एक कार्यक्रममा सहभागी हुन आउने क्रममा कार्कीको गाडीमाथि ढुंगा प्रहार गरिएको हो। दमक नगरपालिका–५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगा प्रहार भएको प्रहरीले जनाएको छ।
आक्रमणकारी व्यक्तिले कालो झण्डा देखाउँदै आक्रमण गरी भागेका थिए। ढुंगा प्रहारका कारण मुख्यमन्त्री कार्की चढेको गाडीको सिसा फुटेको छ। कार्कीलाई भने कुनै चोटपटक लागेको छैन।
पहिचानवादी कार्यकर्ताले कार्की सवार गाडीमा ढुंगा प्रहार गरेको आशंका गरिए पनि आक्रमणकारीको पहिचान हुन सकेको छैन।
प्रहरीले आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:१६ बजे, मंगलबार, मंसिर २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(1)-1752494016.png)