राजनीति र खेल उस्तै कुरा हो : सभामुख घिमिरे
१७औं संघीय संसद सेवा दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगितामा सहभागी हुँदै उनले संसद दिवसका अवसरमा फुटसल खेलेर यो नयाँ खेललाई प्रोत्साहन गर्ने प्रयास गरेको बताए।-1702373089.jpg)
काठमाडौं, मंसिर २६ : सभामुख देवराज घिमिरेले राजनीति र फुटबल खेल उस्तै कुरा भएको बताएका छन्।
विचारबाट खेलिने राजनीतिको खेल र भौतिक रुपमा खेलिने फुटबल उस्तै भएको बताएका उनले फुटसल नयाँ भएकाले यसलाई प्रोत्साहन गरिनुपर्ने बताए।
१७औं संघीय संसद सेवा दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगितामा सहभागी हुँदै उनले संसद दिवसका अवसरमा फुटसल खेलेर यो नयाँ खेललाई प्रोत्साहन गर्ने प्रयास गरेको बताए।
‘संसद सेवा दिवस सांसदहरु,सचिवालयका सदस्यहरु, सभामुख, उपसभामुखलगायत सबैले उत्सव मनाउने दिन हो। हामी फुटसल खेलेर उत्सव मनाउँदै छौं’ उनले भने, ‘फुटसल प्रचलनमा आएको धेरै भएको छैन्, त्यसकारण हामीले यसलाई प्रोत्साहन गर्ने, सिक्ने हिसाबले खेल्दैछौं।’
घिमिरेले राजनीति र फुटबल विचार र भौतिक रुपमा खेलिने भएपनि दुवै उस्तै भएको बताए। ‘राजनीतिमा पनि मुन्टो फर्काइँदैन। राजनीतिमा विचार मिलाउन कोसिस गरिन्छ, मिल्नेकोबीचमा मिलेरै खेलहरु हुन्छ, फुटबलमा पनि एउटा टीम मिलेर अर्कोलाई जित्नेगरी जान्छ,’ उनले भने, ‘राजनीति र खेल उस्तै कुरा हो। राजनीतिले विचारबाट खेल्छ,यसले भौतिक रुपबाट खेल्ने कुरा हो।’
आज सुरु भएको यो फुटसल प्रतियोगिता भोलिसम्म सञ्चालन हुनेछ।











-(1)-1752494016.png)