Kathmandu Press

संघीयताको अस्पष्टता अन्त्य गर्नेगरी काम गरिरहेका छौं : मुख्यसचिव अर्याल

राष्ट्रिय शासन संगोष्ठी २०२३ मा उनले संघ, प्रदेश र स्थानीय तहबीचको साझा अधिकार बाँडफाँट र कार्यान्वयनमा भएको अन्योलतालाई पुस मसान्तभित्र अन्त्य गर्नेगरी काम गरिरहेको बताएका हुन्।
संघीयताको अस्पष्टता अन्त्य गर्नेगरी काम गरिरहेका छौं : मुख्यसचिव अर्याल

काठमाडौं, मंसिर २६ : मुख्यसचिव डा.बैकुष्ठ अर्यालले पुस मसान्तभित्र तीनै तहका सरकारका साझा अधिकार बाँडफाँटको कुरामा भएको अन्योल हटाएर संविधानप्रदत्त अधिकार कार्यान्वयनमा तीनै तहको सरकारकाबीच प्रस्टता ल्याउने बताएका छन्।

मंगलबार ललितपुरमा आयोजित राष्ट्रिय शासन संगोष्ठी २०२३ मा उनले संघ, प्रदेश र स्थानीय तहबीचको साझा अधिकार बाँडफाँट र कार्यान्वयनमा भएको अन्योलतालाई पुस मसान्तभित्र अन्त्य गर्नेगरी काम गरिरहेको बताएका हुन्।

‘असार १६ गते राष्ट्रिय समन्वय गरिषद्ले निर्णय गरेर संविधानतः कुनकुन तहले केके काम गर्नुपर्ने हो निर्क्यौल गर्ने, हिजो बनाइएका साझा अधिकार बाँडफाँटको विषयमा प्रस्टता ल्याउने र त्यसमा नमिल्दा कुराहरु छन् भने परिमार्जन गरेर जाने भन्ने म्याण्डेड दिएको थियो । त्यसको म्याद यही पुसमा सकिन्छ,’ उनले भने।

मागमा सरकारको नयाँ नीति तथा कार्यक्रम आउने उल्लेख गर्दे उनले १६औँ योजनाको दस्तावेजमा समेत यी कुरालाई अंकित गर्ने हिसावले तयारी भएको बताए। उनले आर्थिक, सामाजिक समावेशीतालाई प्रभावकारी बनाउन भएका नीति कार्यान्वयनमा सबैको सहकार्य जरुरी रहेको उल्लेख गरे।

Photo-(10)(8)-1702370083.jpg

सरकारको नीतिदेखि विभिन्न कार्यक्रममा समावेश गरिएको समावेशितालाई पूर्ण रुपमा व्यवहारमा कार्यान्वयन गर्न नसक्नुमा समाजमा व्याप्त रुढीवादी मान्यता, जातीय, राजनैतिक, धार्मिकलगायत पक्षले कुनै न कुनै रुपमा रोकेको उनको भनाई छ।

राजनैतिक, सामाजिक आर्थिक समावेशिता एक अर्काको परिपूरक भएकाले यी तीन पक्षमा समावेशिता नल्याएसम्म समावेशिताले मूर्त रुप पाउनै नसक्ने धारणा उनले राखे।

प्रकाशित मिति: १४:२० बजे, मंगलबार, मंसिर २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्