एमाले संकल्प यात्राको स्वागतद्वार पहिचानवादीले जलाए
पहिचानवादीले स्वागतद्वार भत्काएर जलाइदिएका हुन् । एमालेको झुलाघाट–चिवा भञ्ज्याङ्ग संकल्प यात्राका क्रममा तयार पारिएको स्वागतद्वारमा आगो लगाइएको हो।
ओखलढुंगा, मंसिर २६ : नेकपा एमालेको संकल्प यात्राका क्रममा ओखलढुंगामा पाहुनाको स्वागतार्थ बनाइएको स्वागतद्वार पहिचानवादीले जलाईदिएका छन्।
पहिचानवादीले स्वागतद्वार भत्काएर जलाइदिएका हुन् । एमालेको झुलाघाट–चिवा भञ्ज्याङ्ग संकल्प यात्राका क्रममा तयार पारिएको स्वागतद्वारमा आगो लगाइएको हो।
आफ्नो संकल्प यात्रामा अवरोध नपु¥याउन एमालेले आग्रह गर्दै आएको थियो। तर, पहिचानवादी पक्षधरले एमालेको आग्रह विपरित स्वागतद्वार भत्काएर आगो लगाएको जनाइएको छ।
शान्तिपूर्ण विरोधस्वरुप ओखलढुंगामा रहेको गेट भत्काइएको पहिचानवादीले स्विकारेका छन्।
मंगलबार नै संकल्प यात्रामा अवरोध गर्न खोज्ने पूर्वमन्त्री गोपाल किरातीसहित १० जनालाई प्रहरीले खोटाङ र उदयपुरबाट पक्राउ गरेको थियो।
प्रकाशित मिति: १३:४६ बजे, मंगलबार, मंसिर २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-(1)-1752494016.png)