लागूऔषध कारोबारीलाई समात्न झम्सिखेलमा प्रहरीले चलायो गोली
प्रहरीले १ जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उदयपुर स्थायी घर भएका ४५ वर्षीय अविनाश राई पक्राउ परेका छन्।
काठमाडौं, मंसिर २६ : ललितपुरको झम्सिखेलमा प्रहरीले गोली चलाएको छ।
लागूऔषध कारोबारीलाई समात्त प्रहरीले ललितपुर–३स्थित झम्सिखेलमा मंगबार दिउँसो गोली चलाएको हो।
प्रहरीले १ जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उदयपुर स्थायी घर भएका ४५ वर्षीय अविनाश राई पक्राउ परेका छन्।
प्रहरीले चलाएको गोली राईको दाहिने खुट्टामा लागेको बताइएको छ। उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ।
प्रहरीले राईबाट कटुवा पेस्तोल र लागु औषध बरामद गरेको बताइएको छ।
प्रकाशित मिति: १३:४१ बजे, मंगलबार, मंसिर २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-(1)-1752494016.png)