Kathmandu Press

चिकित्सा शिक्षा आयोगका निर्देशकहरुमाथि डा.गोविन्द केसीले उठाए प्रश्न

‘सरकार र राजनीतिक दलका नेताहरुले आयोगका निर्देशकहरुको नियुक्तिलाई पनि दलीय भागबन्डाको विषय बनाउन र आफ्ना कार्यकर्ता भर्ती गर्न नाजायज हस्तक्षेप र चलखेल गरिरहेको देखिन्छ’, केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
चिकित्सा शिक्षा आयोगका निर्देशकहरुमाथि डा.गोविन्द केसीले उठाए प्रश्न

काठमाडौं, मंसिर २६ : चिकित्सा शिक्षा आयोगका निर्देशकहरुमा योग्यलाई पाखा लगाइएको बताउँदै डा.गोविन्द केसीले आपत्ति जनाएका छन्। योग्यलाई पाखा लगाएर निजी संस्थामा काम गरिरहेका व्यक्तिलाई ‘सर्टलिस्ट’ गरिएको दाबी डा.केसीको छ।

केसीले आयोगका निर्देशकहरु नियुक्ति दलीय भागबन्डाको विषय नबनाउन चेतावनी समेत दिएका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै डा.केसीले चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको बिषयमा प्रश्न उठाएका हुन्।

‘सरकार र राजनीतिक दलका नेताहरुले आयोगका निर्देशकहरुको नियुक्तिलाई पनि दलीय भागबन्डाको विषय बनाउन र आफ्ना कार्यकर्ता भर्ती गर्न नाजायज हस्तक्षेप र चलखेल गरिरहेको देखिन्छ’, केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

केसीले चलखेल अन्तर्गत नियुक्तिको प्रक्रियालाई अहिले न्यायालयमा पु¥याएर अलपत्र पारिएको समेत बताएका छन्। उच्च अदालतले समेत विषयवस्तुको संवेदनशीलता बुझ्न नसकेको भनाई केसीको छ।

आयोगमा हुने कुनै पनि नियुक्तिमा यस्तो चलखेल स्वीकार्य नहुने पनि उनले बताएका छन् । दोषी व्यक्तिहरुलाई जवाफदेही बनाउन जुनसुकै कदम चाल्न हामी बाध्य हुने चेतावनी समेत उनले दिएका छन्।

चिकित्सा शिक्षा आयोगले आफ्नो मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज र एक बोर्ड निर्देशक गरी चार जना निर्देशक माग गरेको छ।

राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयाल संयोजक र प्रा.डा. रमेशकान्त अधिकारी र प्रा.डा. बुद्धिबहादुर थापा सदस्य रहेको सिफारिस समितिले १२ जनाको नाम सिफारिस गरेको थियो।

प्रकाशित मिति: १३:१७ बजे, मंगलबार, मंसिर २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्