Kathmandu Press

चुरेकाे गिट्टी–बालुवा निकासी विधेयक फिर्ताको पक्षमा जसपा

बैठकले एनसेलको शेयर प्रकरणमा हुने खरिदबिक्री तत्काल रोकी त्यसको निष्पक्ष छानविन गरेर दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ।
चुरेकाे गिट्टी–बालुवा निकासी विधेयक फिर्ताको पक्षमा जसपा

काठमाडौं, मंसिर २५ : जनता समाजवादी पार्टी नेपालले चुरे क्षेत्र उत्खनन गरी गिट्टी–बालुवा निकासीको बाटो खोल्न तयार विधेयक फिर्ता लिन सरकारलाई आग्रह गर्ने भएको छ।

सोमबार राजधानीमा भएको पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनीषकुमार सुमनले बताए।

Hardik ivf

‘चुरे उत्खनन गरेर गिट्टी बालुवा निकासी सम्बन्धी सरकारले तयार परेको विधेयक तत्काल फिर्ता लिन हामीले सरकारसँग आग्रह गर्ने निर्णय ग¥यौं,’ उनले भने।

बैठकले एनसेलको शेयर प्रकरणमा हुने खरिदबिक्री तत्काल रोकी त्यसको निष्पक्ष छानविन गरेर दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ।

यस्तै, पार्टीको केन्द्रिय समिति र राजनीतिक समितिको बैठक पुसको २५ र २६ र २७ गते पार्टीको केन्द्रिय पनि आजको बैठकले गरेको उनले बताए। आजको बैठकमा पार्टीका प्रदेश इञ्चार्ज र विभागका प्रमुखहरूले रिपोर्टिङ गरेको उनले बताए।

बैठकले पार्टीलाई विधानबमोजिम गठन, पुनःगठन गर्न राजेन्द्र श्रेष्ठको संयोजकत्वमा समिति पनि बनाएको छ। जसमा संगठन विभाग प्रमुख र प्रदेशका इन्चार्जहरु सदस्य रहनेछन्।

 

प्रकाशित मिति: २०:०९ बजे, सोमबार, मंसिर २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्