Kathmandu Press

ब्रोकरहरुले भने, ‘धितोपत्र बोर्डका अध्यक्ष कार्कीले अपमान गरे’ 

काठमाडौं, फागुन ९ : सेयर ब्रोकरहरुले सामुहिक ज्ञापनपत्र बुझाएर नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीको विरोध गरेका छन् ।

 ....

ब्रोकरहरुले भने, ‘धितोपत्र बोर्डका अध्यक्ष कार्कीले अपमान गरे’ 

काठमाडौं, फागुन ९ : सेयर ब्रोकरहरुले सामुहिक ज्ञापनपत्र बुझाएर नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीको विरोध गरेका छन् ।

 बोर्डका अध्यक्ष डा.कार्कीले मंगलबार अर्थ समितिको बैठकमा ब्रोकरलाई गाली गजौल गरेको भन्दै त्यसको बिरोधमा सामूहिक ज्ञापनपत्र बुझाएका हुन् । ‘अर्थसमितिद्धारा आयोजित छलफल कार्यक्रममा अध्यक्ष डा. रेवत बहादुर कार्कीले धितोपत्र दलाल व्यवसायीहरु सुशासित, सक्षम तथा प्रतिस्पर्धी नभएको भन्ने कपोलकल्पित, झुटो तथा भ्रमपूर्ण आरोप लगाएका छन् । हामी सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरु अध्यक्ष डा. रेवत बहादुर कार्कीको त्यस्तो कपोलकल्पित, झुटो तथा भ्रमपूर्ण अभिव्यक्तीको घोर निन्दा र भत्सर्ना गर्दछौं’ ज्ञापनपत्रमा भनिएको छ ।

 अहिलेसम्म ब्रोकरबाट दिइएका वस्तुपरक सुझावहरुलाई बेवास्ता गरी अध्यक्ष डा. कार्कीद्धारा पूर्वाग्राही भएर काम नगरेको उनीहरुको आरोप छ । 

ज्ञापनपत्रमा अनावश्यक रुपमा विभिन्न बहानामा दोश्रो बजारका प्रत्यक्ष सेवा प्रदायक धितोपत्र दलाल व्यवसायीहरुलाई कपोलकल्पित, झुटो तथा भ्रमपूर्ण आरोप लगाई थप हतोत्सायी गर्ने तथा आधारहिन झुठा आरोपहरु लगाउने कार्यहरु बारम्बार भइरहेको प्रति उनीहरुले दुख व्यक्त गरेका छन् । 
 

प्रकाशित मिति: १८:२९ बजे, बिहीबार, फागुन ९, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्