रास्वपा सांसदकै प्रश्न- शुन्य समयमा उठाइएका जनताका आवाज सुनिए कि शून्य भएरै हराए ?
‘आज हामीले संसद्को सपथ लिएको १९१ दिन पुगेछ। यस बीचमा मैले मेरो निर्वाचन क्षेत्र दाङ–३ का जनजीविकासँग जोडिएका अनेकौँ विषय सदनमा उठाएँ। तर कहिलेकाहीँ मनमा प्रश्न उठ्छ, सदनमा उठाएका जनताका आवाज सुनिए कि शून्य समयमै शून्य भएर हराए?’
काठमाडौं, असोज १६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कमल सुवेदीले आफूहरूले संसद्को अधिवेशन अवधिभर जनताको आवाज उठाएको बताएका छन्।
वर्षे अधिवेशनको अन्तिम दिन प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले भने, ‘आज हामीले संसद्को सपथ लिएको १९१ दिन पुगेछ। यस बीचमा मैले मेरो निर्वाचन क्षेत्र दाङ–३ का जनजीविकासँग जोडिएका अनेकौँ विषय सदनमा उठाएँ।’
ती उठाइएका विषय के भए भन्ने विषयमा जिज्ञासा राख्दै उनले भने, ‘तर कहिलेकाहीँ मनमा प्रश्न उठ्छ, सदनमा उठाएका जनताका आवाज सुनिए कि शून्य समयमै शून्य भएर हराए?’
आफ्नो निर्वाचन क्षेत्रका विषय सरकारलाई सुनाउँदै उनले फुर्केसल्ली र मलईका निकुञ्जपीडितको बस्ती स्थानान्तरण गर्न माग गरे। साथै उनले लमही–घोराही–तुलसीपुर सडक छिटो बनाउन, शान्तिनगर, दङ्गीशरण र बबई क्षेत्रमा मोबाइलमा नेटवर्क नआउने समस्या समाधान गर्न आग्रह गर्।
आफूले उठाएका यी विषय दाङ निर्वाचन क्षेत्र नम्बर ३ का नागरिकका आवाज भएको उनले बताए। यी समस्या सुन्न र नतिजा देखिनेगरी कायम गर्न सरकारलाई अग्राह गरे।











