नेप्से ४.८२ अङ्कले घट्यो
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८२ अङ्कले घटेर दुई हजार ५९८ दशमलव ८९ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ०२ अङ्कले घटेर ४६४ दशमलव ६३ मा पुगेको छ।
काठमाडौं, असोज १४ : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८२ अङ्कले घटेर दुई हजार ५९८ दशमलव ८९ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ०२ अङ्कले घटेर ४६४ दशमलव ६३ मा पुगेको छ।
त्यसैगरी, फ्लोट सूचक ०.४३ अङ्कले घटेर १७९.०२ मा पुगेको छ। सेन्सेटिभ फ्लोट सूचक ०.६५ अङ्कले घटेर १५६.७८ मा पुगेको छ।
आज विभिन्न कम्पनीका एक करोड २६ लाख ५५ हजार ३७४ कित्ता सेयर रु चार अर्ब ७६ करोड ५१ लाख २७ हजार ८८५ मूल्यमा खरिद बिक्री भएका छन् । तेह्र उपसमूहमध्ये तीन उपसमूह बढ्यो भने १० उपसमूह घट्यो।
आज १०९ कम्पनीको सेयर बढ्यो भने १५७ कम्पनीको सेयर घट्यो । त्यसैगरी १३ कम्पनीको सेयर स्थिर रह्यो।
नेप्सेकाअनुसार सिन्धु विकास बैंक, सयपत्री हाइड्रोपावर, घलेम्दी हाइड्रोपावरलगायत लगानीकर्ताले कमाएका छन् । त्यसैगरी सानिमा ग्रोथ फण्ड, चिर्खवा हाइड्रोपावर, सोपन फर्मासिट्रिकल्सलगायतका लगानीकर्ताले गुमाएका छन्।

-1754206481.jpg)