Kathmandu Press

राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन ऐतिहासिक बन्यो : परराष्टन्मन्त्री खनाल

‘प्रधानमन्त्री बालेन्द्र शाहज्यूले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गर्नुभएको सम्बोधन धेरै दृष्टिकोणबाट ऐतिहासिक बनेको छ। सम्बोधनमा जलवायु न्यायसहित नेपालको राष्ट्रिय हितका मूलभूत पक्षहरू उजागर भएका छन्,’ परराष्ट्रमन्त्री खनालले भने।
राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन ऐतिहासिक बन्यो : परराष्टन्मन्त्री खनाल

काठमाडौं, असोज १६ : परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबार प्रतिनिधिसभालाई संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिता र उपलब्धिबारे जानकारी गराएका छन्।

प्रतिनिधिसभालाई जानकारी गराउने क्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रसंघको महासभामा गरेको सम्बोधन ऐतिहासिक बनेको दाबी गरे।

‘प्रधानमन्त्री बालेन्द्र शाहज्यूले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गर्नुभएको सम्बोधन धेरै दृष्टिकोणबाट ऐतिहासिक बनेको छ। सम्बोधनमा जलवायु न्यायसहित नेपालको राष्ट्रिय हितका मूलभूत पक्षहरू उजागर भएका छन्,’ परराष्ट्रमन्त्री खनालले भने।

प्रधानमन्त्रीले ‘लस एन्ड ड्यामेज फन्ड’लगायत जलवायु वित्त संयन्त्रबाट स्रोत परिचालनलाई सरल र सहज बनाउन, जलवायु न्यायलाई व्यवहारमा उतार्न गरेको आह्वानले विश्वको ध्यान खिच्न सफल भएको समेत उनले बताए।

‘उक्त सम्बोधनले नेपालजस्ता जलवायु जोखिममा रहेका मुलुकहरूका लागि जलवायु न्याय यथार्थमा परिणत गर्न एक महत्त्वपूर्ण कदम साबित हुने अपेक्षा गरिएको छ,’ खनालले भने।
 
प्रकाशित मिति: १४:५८ बजे, शुक्रबार, असोज १६, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्