एनपिएलमा विराटनगरमाथि चितवनको रोमाञ्चक जित
मंगलबार भएको खेलमा बलरहरुले सानदार प्रदर्शन गरेपछि चितवनले १५८ रनको लक्ष्य डिफेन्ड गर्दै विराटनगर किंगसमाथि ८ रनको रोमाञ्चक जित निकाल्यो।
काडमाडाैं, कात्तिक १० : एनपिएलमा चितवन राइनोजले विजयी सुरुआत गरेको छ। मंगलबार भएको खेलमा बलरहरुले सानदार प्रदर्शन गरेपछि चितवनले १५८ रनको लक्ष्य डिफेन्ड गर्दै विराटनगर किंगसमाथि ८ रनको रोमाञ्चक जित निकाल्यो।
खेलमा विराटनगर जिततर्फ अग्रसर भइरहेको अवस्थामा कमलसिंह ऐरीले विस्फोटक देखिएका आन्द्रे रसेलकाे विकेट लिँदै चितवनलाई खेलमा फर्काएका थिए। रेसलले १७ बलमा १ चौका र ४ छक्का प्रहार गरेका थिए।
अर्को ओभरमा पनि कमलले २ विकेट लिएपछि चितवन जितको थप नजिक पुगेको थियो। १९औं ओभरमा रिजन ढकालले पनि २ विकेट लिए पछि चितवनको जित निश्चित जस्तै बनेको थियो।
विराटनगरका लागि रसेल बाहेक इमरान सेखले ३९ र लोकेश बमले २६ रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन्।
चिवतनका लागि कमलसिंह ऐरीले ४ ओभरमा २६ रन मात्र खर्चेर ४ विकेट लिँदा रिजन ढकालले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। यस्तै, रञ्जित कुमार, टम टेलर, मौसम ढकाल र डान माउस्लीले समान १ विकेट लिए।
त्यसअघि पहिला टस हारेर ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाएर १५६ बनाएको थियो।
चितवनका लागि डेविड मलानले सर्वाधिक ७० रन बनाए। उनले ५० बलमा समान ५ चौका र छक्का प्रहार गरे। यस्तै, कप्तान रवि बोपराले ३२ र डान माउस्लीले २९ रन बनाए।
विराटनगरका एन्जेलो म्याथुज, आन्द्रे रसेल र चरिथ अशलंकाले समान १ विकेट लिए।











