अहिलेको व्यवस्था असफल भएकाले जनताले नयाँ विकल्प खोजेका छन् : कमल थापा
सोमबार काठमाडौंमा राप्रपा नेपाल उपत्यका स्तरीय कार्यकता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले संघीय गणतन्त्रको व्यवस्था भ्रष्ट भएकाले असफल भएकाले जनताले नयाँ विकल्प खोजेको बताएका हुन्।---frame-at-5m24s-1702291142.jpg)
काठमाडौं, मंसिर २५ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको व्यवस्था असफल भएकाले जनताले नयाँ विकल्प खोजेको बताएका छन्।
सोमबार काठमाडौंमा राप्रपा नेपाल उपत्यका स्तरीय कार्यकता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले संघीय गणतन्त्रको व्यवस्था भ्रष्ट भएकाले असफल भएकाले जनताले नयाँ बिकल्प खोजेको बताएका हुन्।
उनले प्रदेश तहको खारेजी सहितको राजसंस्था र हिन्दुराष्ट्र अहिलेको विकल्प भएको जिकिर गरे। राजनीतिक दलहरु सहमत भए अहिलेकै संविधानको परिधिभित्र रहेर सहमति र सहकार्यका आधारमा संविधानलाई संशोधन गर्न सकिने राप्रपा नेपालको निष्कर्ष रहेको उनले बताए।
उनले राजसंस्था र हिन्दु राष्ट्रमा सहमति हुन नसके आन्दोलन नै अन्तिम विकल्प भएको जिकिर गरे। अध्यक्ष थापाले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाका लागि एउटा पार्टी र समूहको प्रयासले मात्रै सम्भव नहुने भएकाले समाज विचारधारा भएका दल, समूहबीच बृहत राष्ट्रिय मोर्चा निर्माण गर्नुपर्ने धारणा राखे।











-(1)-1752494016.png)