Kathmandu Press

सरकारविरुद्ध षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री

उनले आफूले एनसेल प्रकरणमा ठूलो भ्रष्टाचार गरेको भन्ने दुष्प्रचार गरिएको भनाइसमेत राखेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकमा प्रचण्डले उक्त भनाइ राखेका हुन्।
सरकारविरुद्ध षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं, मंसिर २५ : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन लागेपछि सरकारमाथि प्रहार गर्ने षड्यन्त्र भइरहेको बताएका छन्। 

उनले आफूले एनसेल प्रकरणमा ठूलो भ्रष्टाचार गरेको भन्ने दुष्प्रचार गरिएको भनाइसमेत राखेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकमा प्रचण्डले उक्त भनाइ राखेका हुन्।

Hardik ivf

उनले सहिद, बेपत्ता योद्धाका परिवारलगायत पीडितलाई आइतबार बालुवाटारमा भेट्दा एकथरीलाई पचाउन कठिन भइरहेको भनाई समेत राखे। ‘शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन लागेपछि सरकारमाथि अर्को ठाउँबाट प्रहार गर्ने षड्यन्त्र भइरहेको छ,’ उनले भने। 

उनले दुष्प्रचार गर्नेहरूको प्रतिवाद गर्न पनि पत्रकारसँग आग्रह गरे। उनले सत्यको पक्षमा प्रतिवाद गर्नुपर्ने पनि बताए। ‘यस्ता झुटो प्रचारहरू, यस्ता अरू पनि थुप्रै प्रचार भएका छन्, तिनको प्रतिवाद गर्नुपर्छ र जनतालाई सही सूचना दिनुपर्छ,’ उनले भने। 
 

प्रकाशित मिति: १६:११ बजे, सोमबार, मंसिर २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्