रूसी सेनामा करिब दुई सय नेपाली भर्ती भएको जानकारी छ : प्रधानमन्त्री

काठमाडौं, मंसिर २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूसी सेनामा करिब दुई सय नेपाली नागरिक भर्ती भएको जानकारी पाएको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त भनाई राखेका हुन्।
प्रचण्डले भिजिट भिसा र अध्ययन भिसामा रूसमा पुगेका व्यक्ति रूसी सेनामा भर्ती भएको जानकारी पाएको बताए। अहिले उनीहरुको खोजी भइरहेको भनाई पनि उनले राखे।
उनले रूस–युक्रेन युद्ध र इजरायल हमास युद्धका कारण नेपालले नयाँ परिस्थिति ब्यहोर्नुपरेको पनि बताए। प्रधानमन्त्री प्रचण्डले भने, ‘कोही रूसी सेनामा जाँदा युक्रेनी सेनाको कब्जामा छन्।
युक्रेनी सेनामा पनि नेपाली छन्, त्यसको तथ्यांक हामी खोज्दैछौं। विगतमा देख्न व्यहोर्न पर्दैनथ्यो, अहिले परिरहेको छ।’ इजरायल हमास युद्धमा बेपत्ता विपिन जोशीको खोजी भइरहेको पनि उनले बताए।











-(1)-1752494016.png)