Kathmandu Press

एनसेलको शेयर खरिदबिक्रीविरुद्धको रिट ‘हेर्न नभ्याइने’ 

एनसेलको शेयर खरिदबिक्रीविरुद्ध प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
एनसेलको शेयर खरिदबिक्रीविरुद्धको रिट ‘हेर्न नभ्याइने’ 

काठमाडौं, मंसिर २५ : निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्रीविरुद्ध दायर भएको रिट सोमबार ‘हेर्न नभ्याइने’ भएको छ। 

एनसेलको शेयर खरिदबिक्रीविरुद्ध प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटको पेसी सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासमा परेको ‘म’ नम्वरमा परेको थियो। यस भन्दा अघिका मुद्दा सुनुवाई गर्ने क्रममा समयाभावका कारण र्न नभ्याइने भएको हो। 

सांसद सिंहले खरिदविक्री रोक्न माग राखेर गत शुक्रबार रिट दायर गरेका थिए। उक्त रिटमा आइतबार पनि न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेसी तय भएको थियो। त्यस दिन पनि हेर्न नभ्याइने भएपछि सोमबारका लागि सुनुवाई राखिएको थियो।

कानुनी प्रक्रिया छलेर अपारदर्शी ढंगले शेयर खरिदबिक्री गरेका कारण राज्यलाई हानिनोक्सानी भएको जिकिर रिटमा गरेका छन्। शेयर खरिदबिक्री रोक्न तत्कालका लागि अन्तरिम आदेश दिई उक्त प्रक्रिया खारेज गर्न सिंहको माग छ। 

मलेसियाको आजियाटा कम्पनीले सात वर्षअघि १ खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको थियो। केही समय अघि नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई जम्मा ६ अर्ब ५० करोडमा बिक्री गरेपछि कानुनी विवादको रुप लिएको छ।

प्रकाशित मिति: १५:३४ बजे, सोमबार, मंसिर २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्