देउवाले गरे स्वर्गीय सिंहको सालिक अनावरण

धनुषा, मंसिर २५ : कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस धनुषा क्षेत्र नम्बर २ का पूर्व क्षेत्रीय सभापति स्वर्गीय राजकिशोर सिंह राजपूतको सालिक अनावरण गरेका छन्।
धनुषाको औरही गाउँपालिकास्थित औरही गाउँमा आयोजित एक विशेष कार्यक्रमबीच आज (सोमबार) सभापति देउवाले सिंहको सालिक अनावरण गरेका हुन्।
अनावरण कार्यक्रममा कांग्रेस नेता तथा पूर्वउपसभापति विमलेन्द्र निधिलगायत नेता, कार्यकर्ता र सर्वसाधारणको उपस्थिति थियो।
प्रकाशित मिति: १५:२५ बजे, सोमबार, मंसिर २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(1)-1752494016.png)