पाँचवटा राजनीतिक दलले दिए दल दर्ताको निवेदन
नेपाली कांग्रेस, जसपा र लोसपा लगायतले भने दल दर्ताको निवेदन दिन बाँकी छ। दल दर्ताका मंसिर २९ गतेसम्मका लागि समय दिइएको छ।
काठमाडौं, मंसिर २५ : राष्ट्रियसभा निर्वाचनका लाागि पाँचवटा राजनीतिक दलले निर्वाचन आयोग समक्ष दल दर्ताको निवेदन दिएका छन्।
आगामी माघ ११ गते हुने निर्वाचनमा भाग लिन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत, नेपाल मजदूर किसान पार्टीले आयोगमा निवेदन दिएका हुन्। नेपाली कांग्रेस, जसपा र लोसपा लगायतले भने दल दर्ताको निवेदन दिन बाँकी छ। दल दर्ताका मंसिर २९ गतेसम्मका लागि समय दिइएको छ।
आयोगले आइतबारबाट दल दर्ताका सुचना जारी गरेको थियो। आगामी फागुन २० गतेबाट राष्ट्रियसभाको २० पद रिक्त हुँदै छ। ति मध्ये १९ पदमा माघ ११ गते चुनाव हुँदैछ।
प्रकाशित मिति: १५:१५ बजे, सोमबार, मंसिर २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(1)-1752494016.png)