देउवाले मंसिर २९ का लागि डाके कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं, मंसिर २५ : कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिर २९ गतेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।
बैठकमा महासमिति बैठकको तयारीबारे छलफल हुने बताइएको छ। त्यसैगरी जाजरकोट भूकम्प, समसामयिक राजनीतिक घटनाक्रमका सम्बन्धमा पनि छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
कांग्रेसले पुस १६ देखि १९ गतेसम्मका लागि महासमिति बैठक बोलाएको छ।
प्रकाशित मिति: १४:५५ बजे, सोमबार, मंसिर २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(1)-1752494016.png)