इपिएस नेपालको २०२४ का लागि छुट्याइएकाे कोटा २०२३ मै खोलिएको विरोध प्रदर्शन
२०२४ सुरु हुन २० दिन बाँकी रहेको अवस्थामा २०२४ का लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलिएको भन्दै उनीहरुले ललितपुरको ग्वार्कोस्थित इपिएस कार्यालय अगाडी विरोध प्रदर्शन गरेका हुन्।
काठमाडौं, मंसिर २५ : इपिएस नेपालको २०२४ को लागि छुट्याइएकाे कोटा २०२३ मा नै खोलिएको भन्दै युवाहरुले विरोध प्रदर्शन गरेका छन्।
२०२४ सुरु हुन २० दिन बाँकी रहेको अवस्थामा २०२४ का लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलिएको भन्दै उनीहरुले ललितपुरको ग्वार्कोस्थित इपिएस कार्यालय अगाडी विरोध प्रदर्शन गरेका हुन्।
इपिएस परिक्षा दिएर बसेका युवाहरुले सीप बिल्डिङ परिक्षामा असफल विद्यार्थीहरुले म्यानुफ्याक्चरको परिक्षामा सहभागी गराउन समेत माग गरेका छन्।
बाँकेबाट आएका युवा प्रदीप बुढाथोकीले २०२४ को लागि छुट्टाइएको कोटा २०२३ मा नै खोलिएकाले विरोध गर्न बाध्य भएको बताए। उनले आफुहरुको माग सुनुवाइ नभएकाले अनसन लगाएतका आन्दोलन गर्ने बताए।
प्रदर्शनमा सहभागीहरुले युवाको रोजगारीको सुनिश्चितता गर, इपिएसको मनोमानी बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
प्रकाशित मिति: १४:४० बजे, सोमबार, मंसिर २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-(1)-1752494016.png)